कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, १३ जनाको उद्धार

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान साढे ५ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको इलाका प्रहरी गजुरीले जानकारी दिएको छ।

बसमा रहेमध्ये १३ जनालाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा केहीको मृत्यु भएको आशंका गरिए पनि विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *