रोहितले जिते टस, पहिले ब्याटिङ गर्ने



काठमाडौं । नेपालले नेदरल्याण्ड्सविरुद्धको फाइनलमा टस जितेर ब्याटिङ गर्ने भएको छ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालका कप्तान रोहित पौडेलले टस जित्दै नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने छ।

लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो।