टिपरले सुमोलाई ठक्कर दिँदा २ को मृत्यु, ३ घाइते



मोरङ– बेलबारीमा ठिपरले सुमो जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेको सनाखत नभएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्ने क्रममा ठिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।

उक्त टिपरले यात्रुबाहक बसलाई समेत ठक्कर दिएको थियो ।

घटनामा जिपमा रहेका अन्य ३ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।