टी-२० सिरिजः पहिलो जितको खोजीमा नेपाल, आज नामिबियासँग भिड्दै

काठमाडौं । नेपालले राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबियाको सामना गर्दैछ । बिहान ११ः ३० बजेदेखि शुरु हुने खेल त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा हुनेछ ।

सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ ।

नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम रहेको छ । टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *