कीर्तिपुरमा ४० ओभरमै ३० छक्का र ३३ चौका !



काठमाडौं । त्रिकोणीय टी–२० अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले  नामिबियाविरुद्ध जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले दिएको कीर्तिमानी २४७ रन पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा १८८ रन बनाएपछि नामिबिया ५९ रनले पराजित भएको हो ।

बुधबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले मैदानकै उच्चस्कोर बनाएको हो ।  नेदरल्याण्ड्सले २० ओभरमा २४७ रन बनाउँदै २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

त्यसक्रममा नेदरल्याण्डका तर्फबाट १८ वटा छक्का प्रहार भएका थिए भने २० वटा चौका प्रहार भएका थिए । जसमा नेदरल्याण्डस्का माइकल लेभिटले मात्रै १० छक्का र ११ चौका प्रहार गरेका थिए ।

त्यस्तै विशाल रन लक्ष्य पछ्याउने क्रममा नामिबियाका खेलाडीले १२ छक्का हानेका थिए भने १३ चौका हानेका थिए ।

समग्रमा दुवैटिमबाट ३० छक्का र ३३ चौका पहार गरिएको खेलमा जम्मा ४३५ रन बनेको थियो ।

यो सिरिजमा यि टिमबाहेक नेपालको पनि सहभागीता रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा पराजय भोगेको छ ।