पथरीशनिश्चरेको कीर्तिपुरमा अस्थायी प्रहरी चौकी



मोरङ ।  मोरङको पथरीशनिश्चरे-७  र ४ नम्बर वडाको बीचमा पर्ने कीर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।  नगरको ७, ४, ५ नम्बर वडा क्षेत्रको सुरक्षालाई ख्याल गरेर प्रहरी चौकी स्थापना गरिएको हो ।

चौकी स्थापना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले  शान्ति सुरक्षा कायम गर्न पहिला प्रहरी सुरक्षीत हुनुपर्ने भएकोले प्रहरीलाई सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरे ।

कीर्तिपुरमा प्रहरी सहायक निरीक्षक (असई) रामदेव मेहेताको कमाण्डमा, प्रहरी हवल्दार भुपराज खड्का लगायत पाँच जना प्रहरी रहने गरी चौकी स्थापना भएको हो ।

अस्थायी प्रहरी चौकीमा आएका प्रहरी टोलीलाई खादा र टिका लगाएर स्थानीयबासीले स्वागत गरेका थिए । प्रहरीलाई तत्कालको लागि कीर्तिपुर बजारमा बनेको दुई तले पक्की भवनमा दिइएकाे छ ।