

लहान नगरपालिकाद्वारा थारु सामूदायिक भवनलाई बजेट हस्तान्तरण

लहान । लहान नगरपालिकाले थारु सामूदायिक सेवा केन्द्रको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
नगरपालिकाका मेयर महेश चौधरीले लहानको वडा नं. १ सिंगराहीमा निर्माण भईरहेका थारु सामुदायिक सेवा केन्द्रको भवनका लागि उक्त रकमको चेक उपलब्ध गराएका हुन् ।
सो चेक मेयर महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले समितिका व्यक्तिहरुलाई हस्तान्तरण गरेका छन् ।
२ करोड भन्दा बढी लागतमा यो सामुदायिक भवन निर्माण सुरु भएका छन् । यसमा थारु समुदायका अन्यदाताहरुले पनि सहयोग गरिरहेका छन् ।
यो सामुदायिक भवन मेयर महेश चौधरीले शिलान्यास गरेका थिए ।