८ एसपी बढुवाका लागि हेडक्वार्टरको अन्तिम तयारी, यी हुन् शीर्ष बरियताका ८ जना !



काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि अन्तिम तयारी गरेको छ । लामोसमयदेखि रिक्त रहेको एसपी बढुवाका लागि हेडक्वार्टरले यही सातादिनभित्रै अन्तिम टुंग्याउने तयारी गरेको हो ।

कात्तिक २४ गते ५ जना एसपीहरु एसएसपीका लागि बढुवा सिफारिस भएपछि रिक्त एसपी पदका लागि डिएसपीबाट बढुवाको तयारी गरिएको हो । त्यसबाहेक नेपाल प्रहरीमा अन्य ३ गरी जम्मा ८ एसपी खाली रहेको छ । हालैमात्र एसपी रमेश बस्नेत एसएसपीमा बढुवा भएपछि ८ एसपीको दरबन्दी रिक्त भएको हो । प्रधान कार्यालयले बढुवाको तयारी गरेको रिक्त रहेको ८ पदका लागि १२ डिएसपी प्रतिस्पर्धामा रहेका छन् ।

एसपी बढुवाका लागि बरियताको पहिला नम्बरमा डिएसपी प्रदीप बहादुर क्षेत्री रहेका छन् भने दोस्रो नम्बरमा अंगुर जिसी रहेका छन् । त्यस्तै तेस्रोमा ढकेन्द्र खतिवडा रहँदा चौथोमा यादव ढकाल रहेका छन् । त्यस्तै पाँचौं, छैटौं, सातौं र आठौंमा क्रमशः श्यामबाबु ओलिया, नारायण रञ्जीतकार, निरन्जनदत्त भट्ट र राजन लिम्बु रहेका छन् ।

अहिले बरियतामा पछाडि रहे पनि कतिपय डिएसपीहरु एसपी बढुवाका आकांक्षी देखिएका छन् । त्यस्तै एसपी बढुवाका लागि सन्तोष तामाङ, एकनारायण कोइराला,  अनन्तराम शर्मा र विनोद घिमिरे पनि आकांक्षी हुन् ।