श्रीमतीका यस्ता काम, जसले हुन्छन् श्रीमान् खुशी…
काठमाडाैं । पछिल्लो समय मानिसहरुले स्वतन्त्र र खुशी चाहिरहेका छन् । विश्वभर नै शारिरीक भन्दा मानसिक रोगीहरु धेरै देखिन थालेका छन् अहिलेको परिस्थितिमा । मानसिक समस्याकै कारणले कति मानिसहरुले ज्यान गुमाएका छन् भने कति मानिसहरुले परिवार ।
कुनै पनि मानिसको बाँचुन्जेलको जीवन सुखमय बिताउनका लागि परिवार सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसमाथि पनि श्रीमान् श्रीमतीको सम्बन्ध । त्यसैले कुनै पनि व्यक्ति खुशी भयो भने परिवार खुशी हुन्छ भन्ने कुरामा द्विविधा छैन । त्यसैले कुनै श्रीमान् वा श्रीमतीले आप्mनो पार्टनरको खुशीको बारेमा सोच्नुपर्ने हुन्छ ।
यसै परिप्रेक्ष्यमा हामीले यस अनलाइनमार्फत् जीवनशैलीअन्तर्गत केही उपयोगी कुराहरु प्रस्तुत गर्ने जमर्को गरेका छौं, त्यसका लागि अहिले श्रीमतीले श्रीमान्सँगको सम्बन्धलाई सुमधुर बनाउनका लागि गर्नुपर्ने कुराहरु बुँदागत रुपमा प्रस्तुत गरेका छौं ।
१. श्रीमान्को पर्समा लभ नोट लुकाएर राखिदिनोस् ।
२. बिनाकारण केही मीठो सन्देश टेक्स्ट गरिदिनु ।
३. केही विशेष अवसरमा ‘सेक्सी’ म्यासेज पठाउनु ।
४. उसलाई बिना अवरोध कुरा गर्न दिनुहोस् ।
५. उसलाई मन पर्ने खाना पकाउनुहोस् ।
६. उसको मनपर्ने लुगा लगाउनका लागि तयारी अवस्थामा राखिदिनुस् ।
७. उसका जोक्सहरुमा हाँस्दिनुहोस्, चाहे नराम्रो नै होस् ।
८. बच्चा र साथीहरुको अगाडि उसको प्रशंसा गरिदिनुस् ।
९. उ बाहिर जाने बेला र घर आउनेबेलामा चुम्बन गरिदिनुस् ।
१०. उसलाई ‘कहिले’ भनेर एक शब्दको मात्र म्यासेज पठाउनु ।
११. उसले साथीहरुसँग गर्न चाहेको कुरालाई प्रोत्साहित गर्नु ।
१२. उसको दुःखमा ढाडस दिने र खुशीमा रमाउनु सिक्नुहोस् ।