एसएसपीदेखि कार्यालय सहयोगीसम्मका ११ प्रहरी पुरस्कृत, को–को भए पुरस्कृत ? (सूचनासहित)



धनगढी । सुदूरपश्चिममा कार्यरत ११ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । उनीहरुलाई अभिलेख किताबमा जनाईने गरि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।

कर्तव्यनिष्ठ तवरले जिम्मेवारी पूरा गरेको भन्दै कार्यालयले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) देखि कार्यालय सहयोगी सम्मलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुले अधिकतम १ हजार ५ सयदेखि ८ सय रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गरेका छन् ।

पुस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) प्रज्वल महर्जन, प्रहरी नायव उपरीक्षक (डिएसपी)द्वय शिवबहादुर सिंह र भरतबहादुर शाह, प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशुम नायक, प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) चंखबहादुर कठायत, प्रहरी सहायक निरीक्षक (सई) बुखबहादुर रावल, प्रहरी हवल्दारद्वय मानबहादुर बोहरा र तिरेशचन्द्र खड्का छन् ।

त्यस्तै प्रहरी सहायक हवल्दारद्वय अशोककुमार अधिकारी, दिनेश प्रसाद जोशी र कार्यालय सहयोगी शंकर भट्ट पनि पुरस्कृत भएका छन् ।