कावासोतीकी ममता सडकको खोँचमा मृतावस्थामा फेला



भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका–९ साँगामा मोटरसाइकलले थिचिएर मृत्यु भएकी एक युवतीको पहिचान खुलेको छ ।

बुधबार दिउँसो भक्तपुरस्थित साँगास्थित सडकको छेउको खोँचमा मोटरसाइकलले च्यापेको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रहरीका अनुसार ती युवती नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदी रहेको खुलेको छ ।

उनको शव प्रदेश २–०३–०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले च्यापेको अवस्थामा फेला परेको थियो ।

घटनाबारे भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।