शेर्का जिप दुर्घटना अपडेटः डेढगाउँका १ सहित २ जनाको मृत्यु, ९ जना घाइते



तनहुँ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको जनाइएको छ ।

तनहुँको भिमाद–डेढगाउँ सडकअन्तर्गतको शेर्का घुम्तीमा भएको दुर्घटनामा अन्य ९ जना घाइते भएको जनाइएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा डेढगाउँका एक पुरुष भएको जनाइएको छ भने अर्काको बारेमा यकिन हुन सकेको छैन । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

ग १ ज ६३५६ नम्बरको जीपका चालक भने गाडीबाट हाम्फालेको जनाइएको छ ।

जीपमा सवार सबै गम्भीर घाइते रहेको पनि जनाइएको छ ।