पापी बाउः चार वर्षकी छोरीलाई नपढेको भन्दै आँखामा खुर्सानीको धुलो !



मकवानपुर । मकवानपुरमा छोरीलाई कुटपिट गर्ने बुवा पक्राउ परेका छन् । महोत्तरी घर भई हाल मकवानपुरको हेटौँडा–५ सिँचाइ टोल बस्ने २७ वर्षका रामजी मण्डल पक्राउ परेका हुन् ।

नपढेको भन्दै उनले ४ वर्षकी छोरीलाई हात, गाला र कानमा टोकेर गहिरो घाउ बनाएको तथा आँखामा खुर्सानीको धुलो हालेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए। मण्डलको यातनाबाट बालिका घाइते भएकी छिन् ।

बालिकालाई यातना दिइरहेको छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मण्डलले श्रीमतीलाई पनि यातना दिने गरेको अनुसन्धानबाट खुलेको छ ।