यी ३९ भए उच्च अदालत न्यायाधीशका लागि सिफारिस (नामसहित)



काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीशमा नियुक्ति गर्न ३९ जनाको नाम सिफारिस गरेको छ।

आज बसेको बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।