बालकुमारी घटनाबारे आइजी भन्छन्, ‘मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग भएको हो’

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले मन्त्रीको सुरक्षाको निम्ति प्रहरीले बल प्रयोग गरेको बताएका छन् ।

सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए । उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने जिकिर गरे ।

‘मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो । बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन्’ उनले भने, ‘मन्त्रीको गाडी जलाउन लाग्यो भनेपछि अलिकति प्रहरीको आवेश देखिन्छ ।’

उनले प्रदर्शन कुनै पनि नेतृत्वमा नभएका कारण सोचेभन्दा फरक अवस्था रहेको प्रष्टिकरण दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *