गाउँपालिकाको गाडी दुर्घटना हुँदा ४ जना घाइते



नुवाकोट । नुवाकोटको विदुरमा स्कोरपियो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

रसुवाको आमाछोडिङ गाउँपालिकाको बा २ झ ३७८७ नम्बरको स्कोरपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् भने एउटा मोटरसाइकल, स्कुटरमा क्षति पुगेको छ । साथै सडक किनारको पसलमा पनि क्षती भएको छ । दुर्घटना विदुर नगरपालिकाको वडा नं. १ ढुंगे चोकमा भएको हो । उक्त गाडी अगाडिको मिनी ट्रकसँग पनि ठोेक्किएको थियो ।

घाइतेमध्ये एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लिएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।