चोरमाराबाट अघि बढ्यो रवि लामिछाने नेतृत्वको ‘दबाब यात्रा’

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको नारायणगढ–बुटवल खण्डमा सुरु गरिएको ‘दबाब यात्रा’ नवलपरासीको चोरमाराबाट अघि बढेको छ ।

सोमबार बिहान नारायणगढबाट सुरु भएको यात्रा साँझ पूर्वी नवलपुरको डण्डा बजार आएर सकिएको थियो । नारायणघाट–बुटवल सडकखण्डको निर्माण पूरा गर्न दबाब दिने उद्देश्यले रास्वपाले सुरू गरेको पदयात्रा मंगलबार मध्याह्न चोरमाराबाट अगाडि लागेको हो ।

आज दाउन्नेसम्मको यात्रा गर्ने तयारी रहेको र करिब ५५ किलोमिटर यात्रा पूरा भएको रास्वपाले बताएको छ।

बुटवलसम्मको ११३ किलोमिटर यात्रा पैदलै गर्ने रास्वपाको लक्ष्य छ। पदयात्रामा पार्टी सभापति रवि लामिछाने, सांसदहरू मनिष झा, गणेश पराजुली, निशा डाँगी, हरि पराजुलीलगायत छन्।

ृउनीहरुलाई स्थानीयहरुले स्वागत एवं साथ दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *