आगामी अधिवेशनमा टीआरसी विधेयक अघि बढाउन शीर्ष नेताहरू सहमत



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन सोमबार बसेको तीन दलको बैठक सहमतिनजिक पुगेको छ ।

केही दिनदेखि तीन नेताबीच छलफल भएपछि सोमबार अपरान्ह दोस्रो तहका नेताहरूसमेत राखेर भएको छलफल सहमतिनजिक पुगेको हो ।

बैठकमा पीडितकेन्द्रित कानुन बनाउन सरकार तयार देखिएकाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन विषयमा सकारात्मक छलफल भएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउन शीर्ष नेताहरूबीच सहमति जुटेको बताए । नेताहरूबीच आउदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्‌मा प्रस्तुत गर्ने पनि सहमति भएको छ ।