पोखरामा ठडिए मध्यरातमा राजा वीरेन्द्र !



पोखरा । पोखराको वीरेन्द्र चोकमा मध्यराति पूर्वराजा वीरेन्द्र शाहको सालिक ठड्याइएको छ ।

सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।

सुरुमा २०५९ सालमा राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।

त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन ।

करिब २५ लाख खर्चेर पूर्वराजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको सालिक पुनःस्थापना समितिले जनाएको छ ।