थापाथलीस्थित सडकमा एक पुरूषको शव फेला

काठमाडौं । काठमाडौंको थापाथली चोकको सडक पेटीमा एक पुरूष मृत फेला परेका छन् ।

आज बिहान ६ बजे ‍थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार मृत भेटिएका व्यक्तिको पहिचान हुन सकेको छैन । त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *