प्रहरीका ७ डिएसपीको काज सरूवा, एलिजा गिरी राैतहट पुग्दा अरू को-कहाँ पुगे ?



काठमाडौं । नेपाल प्रहरीले आफ्ना ७ जना नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार उनीहरूलाई काजमा खटाएको हो।

डीएसपीहरू गंगाबहादुर थापा इलाका प्रहरी कार्यालय बरथहवा सर्लाही, हरि वली जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, लिलाराज लामिछाने सुर्खेत गण, एलिजा गिरी जिल्ला प्रहरी कार्यालय रौतहटमा काज सरूवा भएका छन्।

यस्तै गौरव महतको इलाका प्रहरी कार्यालय चपुर रौतहट, एकनारायण कोइरालाको प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभाग र दामोदर केसीको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरूवा भएको छ।