नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य



काठमाडौं । यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानका लागि मोहम्मद जीसनको बलिङ सामु टिक्न नसकेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा १५२ रन बनाउँदा सबै विकेट गुमायो । जिसनले नेपालकाे ६ विकेट लिए ।

नेपालका लागि उत्तम थापा मगरले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाए भने अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका लागि ओपनर अर्जुन कुमालले २१ रन बनाए भने अन्य खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका लागि सुवास भण्डारीले ८ रन बनाउँदा तिलक भण्डारीले ७ रन बनाए । त्यस्तै आकाश त्रिपाठीले ६ रन बनाए भने आकाश चन्द ५ रन बनाउँदै आउट भए ।

नेपालका लागि सिनियर टोलीमा पनि समावेश गुल्सन झा १ रन बनाउँदै आउट भए । त्यस्तै विशाल विक्रम केसीले पनि १ रन मात्र बनाउन सके । नेपालका कप्तान देव खनाल र विपिन रावल शुन्य रनमा आउट भए ।

पाकिस्तानका लागि मोहम्मद जीसन एक्लैले ६ विकेट हात पारे । उनले ९.२ ओभरमा १९ रन खर्चिएर नेपालको ६ विकेट हात पारेका हुन् ।

त्यस्तै अमिर हसनले १ विकेट लिउँदा उबैद शाह र अलि अस्फन्दले १ /१ विकेट लिए ।