पाकिस्तानविरुद्ध नेपालले गुमायो पाँचाैं विकेट



काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले कमजोर सुरुवात गरेको छ ।

बलियो टोलि पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपाल अहिले १६ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ । नेपालका लागि ओपनर अर्जुन कुमाल २१ रन बनाउँदै चौथो विकेटको रुपमा आउट भए भने गुल्सन झा पाँचाैं विकेटका रूपमा बाहिरिए ।

त्यसअघि नेपालका कप्तान देव खनाल शुन्य रनमा, तिलक भण्डारी ७ रनमा र आकाश त्रिपाठी ६ रनमा आउट भएका थिए । त्यस्तै सिनियर टोलीका नियमित सदस्य गुल्सन झा पनि १ रन बनाउँदै आउट भए ।