‘ब्यूटिफुल’ किपर अन्जना बाँधिइन् वैवाहिक बन्धनमा

भक्तपुर । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ‘ब्यूटिफुल’ गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्।

अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन्। अञ्जना फुटबलमा सर्वाधिक फुटलब फ्यान बटुलेकी महिला फुटबलर पनि हुन् ।

१४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बनेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्।

अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू–१९ टिमको कप्तानी समेत गरेकी थिइन्। ११ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी अञ्जना ३ वर्षपछि राष्ट्रिय टिममा परेकी थिइन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *