प्रहरीका सई साउद ३० हजार घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायक निरीक्षक (सई) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल प्रहरीका एक सईलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

बर्दियाको बढैयातालस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यत सई पवन साउदलाई ३० हजार रूपैयाँ घुससहित अख्तियार कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको मुद्दा शाखाबाट  पक्राउ गरेको हो ।

सई साउदले लागु औषधसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *