देशमा गणतन्त्रको विकल्प छैनः कांग्रेस सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको बताए।

‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ सभापति देउवाले भने। उनले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताए।

गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो? हामी अत्तालिएका छैनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *