मध्यरातमा भूकम्प, काठमाडाैं वरपरका क्षेत्रमा झट्का महसुस



काठमाडौं । मध्यरातमा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ।

मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए।