सशस्त्रद्वारा रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद



रौतहट । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

​​रौतहटको यमुनामाई नगरपालिका– ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयरगन १ नाल बरामद गरेको हो।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा इन्टेलिजेन्स ब्यूरोले आइतवार दिउँसो सो घरमा खानतलासी गरेको थियो ।

बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेडइन इन्डिया लेखिएको छ । हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा थप अप्रेशन जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार अप्रेशन जारी रहेकाले केही व्यक्ति घरभित्रै ढोका थुनेर बसेका छन् ।