अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताका विजेता खेलाडी सम्मानित्
काठमाडौं – बंगलादेशमा भएको अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताका विजेता खेलाडीहरु नगदसहित सम्मानित् भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको हो । गत माघ ३ र ४ गते बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगितामा नेपाल पहिलो भएको थियाे ।
प्रतियोगितामा नेपालले १५ स्वर्ण पदक जितेको छ । राखेपले प्रतियोगिता सम्पन्न भएको झण्डै चार महिनापछि खेलाडीलाई पुरस्कार प्रदान गरेको हो ।
खेलाडीहरुलाई राखेप सदस्य सचिव रमेश सिलवाल लगायत, राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देबकोटा लगायतले पुरस्कृत गरे ।