रात्रीबस दुर्घटना हुँदा ५ सैनिकसहित २२ घाइते, यी हुन् दुर्घटनामा घाइते भएकाहरू (नामावली)



दाङ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९, शिवखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जना नेपाली सेनाका सैनिकसमेत छन्। प्रहरीका अनुसार बिदामा घर जाँदै गरेका ५ जना सेना पनि दुर्घटनामा परेका हुन्। घाइते मध्ये ५ जनालाइ सैनिक अस्पताल राँझा लगिएको छ भने लमही अस्पतालमा ६ जना लगिएको छ । त्यस्तै कोहलपुर मेडिकल कलेजमा ११ जना पठाइएको छ ।

कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए। बसमा चालकसहित ४० जना सवार थिए। १८ जनाकाे भने सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएको छ। उद्धारमा नेपाली सेना पनि खटिएकाे थियाे।

घाइतेहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ। बसका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का ३० वर्षीय कर्णबहादुर रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा नेपाली सेनाका रखबीर बस्याल, शेरबहादुर रावत, प्रदीप बीसी, गणेशबहादुर शाही र छविलाल विक रहेका छन् । उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । उनीहरू सबैको सैनिक अस्पताल राँझामा उपचार भइरहेको पनि जनाइएको छ ।

घाइतेहरूको विवरण :

सैनिक अस्पताल राँझा, बाँके उपचारका लागि पठाइएका
१. सुर्खेतको भेरीगंगा नगरपालिका-७ बस्ने ३८ वर्षीय रखवीर बस्यालको निधारमा चोट, सामान्य। (नेपाली सेना)

२. सुर्खेतको लेकबेँसी गाउँपालिका-७ बस्ने २३ वर्षीय शेरबहादुर रावतको टाउकोमा चोट, सामान्य। (नेपाली सेना)

३. दैलेखको गुराँसे गाउँपालिका-७ बस्ने २३ वर्षीय प्रदीप बीसीको टाउकोमा चोट, सामान्य। (नेपाली सेना)

४. दैलेखको डुल्लु नगरपालिका-११ बस्ने ३९ वर्षीय गणेशबहादुर शाहीको टाउकोमा चोट, सामान्य। (नेपाली सेना)

५. साेही स्थान बस्ने २२ वर्षीय छविलाल विकको छातीमा चोट, सामान्य। (नेपाली सेना)

लमही अस्पताल लमही, दाङमा उपचारका लागि पठाइएका
१. सुर्खेतको वीरेन्द्रनगर नगरपालका-२ बस्ने ६८ वर्षीया गंगादेवी पुलामी

२. उनका छोरा ४० वर्षीय खगेन्द्र पुलामी

३. सोही नगरपालिका-४ बस्ने १९ वर्षीय पवन खत्री

४. सोही नगरपालिका-१४ बस्ने ३० वर्षीय सुनाइल थापा

५. गाडी साहु सोही स्थान बस्ने ३६ वर्षीय जितेन्द्र भट्टराई

६. बर्दियाको गुलरिया नगरपालिका-६ बस्ने ३७ वर्षीया तिलक सुनार

मेडिकल कलेज कोहलपुर, बाँकेमा उपचाराका लागि पठाइएका
१. सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २४ वर्षीया उमकुमारी हमाल

२. सोही नगरपालिका-२ बस्ने २४ वर्षीय भूपेन्द्र शाही

३. सोही नगरपालिका-५ बस्ने ५४ वर्षीय जगतजंग राना

४. सोही नगरपालिका-१२ बस्ने ५२ वर्षीय मक्कबहादुर बुढा

५. दैलेखको भैरवी गाउँपालिका-५ बस्ने ५० वर्षीय बिसाखर रिजाल

६. सोही नगरपालिका-३ बस्ने २५ वर्षीय कृष्णा आचार्य

७. दैलेखको डुल्लु नगरपालिका-५ बस्ने ५१ वर्षीय ऋषिप्रसाद उपाध्याय

८. सोही नगरपालिका-१० बस्ने ६८ वर्षीय तेजेन्द्रनाथ योगी

९. दैलेखको नारायणी नगरपालिका-१० बस्ने २८ वर्षीय रवीन्द्र हमाल

१०. कालीकोटको तिला गाउँपालिका-९ बस्ने ३२ वर्षीय जीवन विक

११. कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बस्ने ७ वर्षीया सिमिया बोहोरा