रहेनन् वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाल

काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको विहीबार विहान निधन भएको हो। उनको फोक्सोमा पानी जमेको थियो भने निमोनिया समेत भएको अस्पताल स्रोतले जनाएको छ।

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए।

गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन्।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ।

महानगरका मेयर बालेन्द्र (बालेन) साहसँग सुरुमा विवाद परे पनि पछि खास सहयोगीका रुपमा उनको नाम स्थापित थियो। उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *