मकवानपुरका नवीन जो आफ्नै लिंग काटेर अस्पताल…



हेटाैंडा । मकवानपुरमा आफ्नै संवेदनशील अंग (लिंग) काटेर एक व्यक्ति घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठा बसेका ती व्यक्तिले राती १० बजेतिर संवेदनशील अंग काटेका थिए ।

मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेर घाइते भएका प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार हुमागाइँ संवेदनशील अंग काटेर घाइते भएपश्चात् उपचारका लागि आफैँ राति करिब पौने १२ बजे हेटौँडा अस्पतालमा पुगेका थिए । त्यहाँ सामान्य उपचार गरिएपछि थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको छ ।

प्रहरीका अनुसार हुमागाइँले आफैँले संवेदनशील अंग काटेको बताएका छन् । कारण खुल्न बाँकी छ ।

उनको तत्कालीन अवस्था मध्यम र बोल्न सक्ने स्थितिमा रहेको सो कार्यालयले जनाएको छ ।