सशस्त्रले निकाल्यो ईनारमा डुवेका दासको शव



धनुषा । जिल्लाको मिथिला नगरपालिका ६ भक्तिपुरमा पानी भर्ने क्रममा इनारमा डुवेका व्यक्तिको शव सशस्त्र प्रहरीले साउन ३१ गते इनारबाट निकालिएको छ ।

सोही ठाउँ बस्ने करीव ४८ वर्षिय लक्ष्मी नारायण दास पानी भरिएको बाल्टिन निकाल्ने क्रममा साउन ३० गते उक्त इनारमा डुवेको बताइएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा वेश नक्टाझिजबाट गोताखोरसहितको सुरक्षा फौजले उनको शव इनारबाट बाहिर निकालेको हो ।