सशस्त्र प्रहरीद्वारा स्याली नदीको टापुमा फसेका २ महिलाको उद्दार

कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्दार गरेको छ। हिजो राति शुक्लाफाँटा नगरपालिका- ७ स्थित कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्दार गरिएको हो।

दुवैजनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको टोलीले उद्दार गरेको थियो।

नदीको टापुबाट उद्दार गरेपछि निजहरुलाई आफन्तको जिम्मा लगाइएको रावलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *