सशस्त्र डिएसपीमा बढुवा भएका यी ११ जनाले पाए दर्ज्यानी चिन्ह



काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा एक कार्यक्रमका बीच हालै पदोन्नती भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) ४ जना, साधारण समुह, लेखा उपसमूहतर्फ ५ जना र साधारण समुह, कानून उपसमुहतर्फ १ जना सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका साथै अवकाश पूर्व विशेष बढुवा भएका १ जनालाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे ।

महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई दिँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गरे ।

आ–आफ्नो पदिय जिम्मेवारी र ट्रेड अनुसारको उत्कृष्ट कार्यसम्पादन गर्न तथा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन दिँदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकासको लागि संगठनले सुधारात्मक कार्यहरु गरिरहेको बताए ।

यसैगरी उनले जीवनको लामो र स्वर्णिम समय अनवरत रुपमा राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश कुमार सिंहलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ तथा सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।