SSP देखि सहायक हवल्दारसम्म ६६५६ जना बढुवा हुने उपलब्धिपूर्ण कार्यको बधाईः पूर्व एआईजी थापा



काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाले वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्याललाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केही पदहरुमा दरवन्दी थप र केही पदहरु समायोजन भइ SSP देखि सहायक हवल्दार सम्म ६६५६ जना बढुवा हुन सक्ने उपलब्धिपूर्ण कार्य गर्नु भएकोमा सशस्त्र प्रहरी महानिरीक्षकमा हार्दिक बधाइ दिएका छन् ।

उनी लेख्छन्, सशस्त्र प्रहरी बलमा स्थापना पश्चात् विभिन्न मितिमा भर्ना भएका अधिकृत जुनियर अधिकृत तथा विल्लादारहरुको बृत्ति विकासको समश्या जटिल रुपमा रहेको थियो । उदाहरणको लागि खुल्ला प्रतियोगिताबाट प्रवेश गरेका अधिकृत १६ बर्ष सम्म Inspector पदमै रहनु परेको अवस्थाहरु थिए । सवै तहको यस प्रकारको बृत्ति विकास / Career Development को समश्यालाई मिहिन तवरमा अध्ययन गर्दै भएको जटिलतालाई फुकाउन स्पष्ट योजना बनाउँदै तालुक मन्त्रालय मार्फत Organisation & Management Survey गरि केही पदहरुमा दरवन्दी थप र केही पदहरु समायोजन भइ SSP देखि सहायक हवल्दार सम्म ६६५६ जना बढुवा हुन सक्ने उपलब्धिपूर्ण कार्य गर्नु भएकोमा सशस्त्र प्रहरी महानिरीक्षकज्युमा हार्दिक बधाइ दिन चाहन्छु । यसबाट स‌गठनमा आवद्ध सकल राष्ट्रसेवकहरुको मनोवल बढ्न जाने छ । यहाँको प्रभावकारी नेतृत्वमा आगामी दिनहरुमा स‌गठनले थप उपलब्धि हाँसिल गर्दै देश र जनताको सेवार्थ आफूलाई अब्बल सावित गर्न सक्षम हुने विश्वास लिएको छु ।