बरिष्ठ सई पौडेल होटेलमै मृत अवस्थामा भेटिए



बागलुङ । बागलुङको  इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख (बरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

सोमबार राति इलाका प्रहरी कार्यालय भीमगिठेबाट निस्केका पौडेल मंगलबार बिहान बडिगाड गाउँपालिका-६ खालबजारमा रहेको एक होटलमा मृत फेला परेका हुन् ।

स्थानीय पत्रकार दिनेश शर्माका अनुसार खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा पौडेल मृत फेला परेका हुन् ।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश अधिकारीकाे नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।

घटना थप शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।

र, याे पनि…

अपडेटः बरिष्ठ सई पर्दामा झुण्डिएको अवस्थामा फेला, होटल सञ्चालक आमा–छोरा प्रहरी नियन्त्रणमा