मेयर चौधरीले गरे कृषकहरुलाई कृषि उपकरण हस्तान्तरण

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले किसानहरुलाई विभिन्न कृषि उपकरणहरु वितरण गरेका छन् ।

नगरपालिकाको वडा नं. १९ का कृषकहरुलाई लक्षित गरि सञ्चालन गरिएको कृषि तालिम समापन पछि तालिमका सहभागीहरुलाई विभिन्न कृषि उपकरण गर्दै मेयर चौधरीले तलिमपछिको सिप प्रयोग गर्नका लागि उपकरण सहायक सिद्ध हुने बताए ।

मेयर चौधरीले उक्त अवसरमा गरिबी निवारणको लक्ष्यसहित प्रदान गरिएको तालिमपछि कृषकहरु लाभान्वित हुने विश्वास गरी आगामी दिनमा अन्य कृषकहरुलाई पनि तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिमको समापन समारोहमा उक्त वडाका वडाध्यक्ष करुदिन राईनले पनि कृषकहरुलाई शुभकामना दिएका थिए ।

May be an image of 4 people, hospital and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *