पहिलो खुला मण्डिखटार जुनियर टेनिस प्रतियोगिता सम्पन्न
काठमाडौं । टेनिस खेलको विकास र विस्तारका लागि मण्डिखटार जुनियर खुला टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
गत शनिबार देखि सुरु भएको प्रतियोगितामा ८ वर्षदेखि १६ वर्षसम्मको बालबालिकाको सहभागिता रहेको थियो । राष्ट्रियस्तरमा पहिलो पल्ट सञ्चालन प्रतियोगितामा १०६ जना खेलाडीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल टेनिस संघको अध्यक्ष ज्योति राणाले भनिन्,’ ५ वर्ष देखि १४ वर्षको तालिम दिदै आइरहको र यस्तो खेलले खेलकुदको बिकास सँगै राष्ट्रिय खेलाडी उत्पादन हुने बताइन्’ ।
मण्डिखटार टेनिस कल्बको अध्यक्ष तथा आयोजक नवराज कुवँरले भने, ‘हामीले जुनियार टेनिस राष्ट्रिय रुपमा पहिलो चोटी भएको हो यो खेलले आफनो क्षमता विकास सँगै खेलकुदलाई टेवा पुग्ने बताए । प्रथम, दोस्रो र तेस्रो खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरेको हो । टेनिस खेललाई देशब्यापी रुपमा विकास बिस्तार गर्दै लैजाने मिडिया एडभाइजर मेघेन्द्र प्रकाश गिरीले जानकारी दिए ।
प्रतियोगितामा महिला आठ वर्ष उमेर समुह निम्ती कुवर, नौं वर्ष उमेर समुहमा सारा पन्त, १० वर्ष उमर समुहमा सारा पन्त, १२ वर्ष उमेर समुह (महिला) सिवाली गुरुङ, १० वर्ष उमेर समुह (महिला) सिवाली गुरुङ र १६ वर्ष उमेर समुह सुनिरा थापाले प्रथम भए ।
यसैगरी पुरुषको आठ वर्ष उमेर समुहमा भिरल अग्रवाल, नौं वर्ष उमेर समुहमा, सुर्य जंग कार्की, १० वर्ष उमेर समुहमा विश्व विशेष डल्लाकोटी, १२ वर्ष उमेर समुहमा अर्पन सम्राट होला, १४ वर्ष उमेर समुहमा डेबिल श्रेष्ठ र महेश जोशी विजेता बनेका छन् ।
विजयी खेलाडीहरु
आठ वर्ष उमेर समुह (महिला)
विजेता : निम्ती कुवर
उपविजेता : यसी पोखरीया तामाङ
तेस्रो : नोर्बीया लामा र समृद्धी खत्री
नौं वर्ष उमेर समुह (महिला)
विजेता : सारा पन्त
उपविजेता : थिया श्रेष्ठ
तेस्रो : निम्ती कुंवर र सोहही केडिया
१० वर्ष उमेर समुह (महिला)
विजेता : सारा पन्त
उपविजेता :मनिसा थापा
तेस्रो: जेनिसा ज्ञवाली र शोभना गुरुङ
१२ वर्ष उमेर समुह (महिला)
विजेता:सिवाली गुरुङ
उपविजेता: आयुसा जिसि
तेस्रो: मेनिशा थापा र जेनिशा ज्ञवाली
१४ वर्ष उमेर समुह (महिला)
विजेता: सिवाली गुरुङ
उपविजेता:स्वास्थिका विष्ट
तेस्रो: प्रजना मानान्धर र कर्मिस्थ मुगा श्रेष्ठ
१६ वर्ष उमेर समुह (महिला)
विजेता: सुनिरा थापा
उपविजेता:प्रमिसा मोत्तान
तेस्रो: स्वास्थिताका विष्ट र कर्मिस्थ मुगा श्रेष्ठ
आठ वर्ष उमेर समुह (पुरुष)
विजेता: विरल अग्रवाल
उपविजेता: आहान केडिया
तेस्रो: टोनिस केडिया र कोयन चालिसे
नौं वर्ष उमेर समुह (पुरुष)
विजेता: सुर्य जंग कार्की
उपविजेता: विधान चालिसे
तेस्रो:अमृत मल्ल र सनिस बस्नेत
१० वर्ष उमेर समुह (पुरुष)
विजेता: विश्व विशेष डल्लाकोटी
उपविजेता: सुजन कुईकेल
तेस्रो: सुर्य जंग कार्की र सोरा योसी प्रजापती
१२ वर्ष उमेर समुह (पुरुष)
विजेता: अर्पन सम्राट होला
उपविजेता: विश्व विशेष डल्लाकोटी
तेस्रो: प्राथिया रिजाल र सोम्खाहाङ राई
१४ वर्ष उमेर समुह (पुरुष)
विजेता: बोरिस अधिकारी
उपविजेता: बृजेश अर्याल
तेस्रो:डेबिल श्रेष्ठ र महेश जोशी
१६ वर्ष उमेर समुह (महिला)
विजेता: आयुष्मान बुर्जा घले
उपविजेता: बृजेश अर्याल
तेस्रो: बोरिस अधिकारी र निमेश जोशी