सशस्त्रले सादा पोसाकमा प्रहरी खटाउन नपाउने



काठमाडौं – सशस्त्र प्रहरी बलले सादा पोसाकमा प्रहरी परिचालन नगर्न मातहतका कार्यालयहरूलाई परिपत्र गरेको छ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकले सादा पोसाकमा प्रहरी परिचालन गर्दा विभिन्न समस्याहरू देखिएकाले सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको हो।

‘सादा पोसाकका प्रहरीका विषयमा विभिन्न गुनासोहरू आएकाले अहिलेलाई सादा पोसाकका प्रहरी परिचालन नगर्न भनिएको हो,’ सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्यालले भने।

कुनै पनि अपरेसन गर्नु परेको खण्डमामा भने स्वीकृति लिएर मात्र सादा पोसाकमा प्रहरी परिचालन गर्न सकिनेछ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सादा पोसाकमा खटिएका पहरीले डिल गर्ने, धाक धम्की दिने गरेका घटना बाहिरिएका थिए।

गृहमन्त्री भएपछि रवि लामिछानेले दुवै सङ्गठनका सादा/घुमुवा प्रहरीको विवरण मागेका थिए।