एसीसी प्रिमियर कपः मलेशियाविरूद्ध जितका लागि नेपालले पायो २३६ रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले जितका लागि २२५ रनको लक्ष्य पाएको छ ।

टस हारेर फिल्डिङ गरेको नेपालले मलेशियालाई ५० ओभरमा २३५ रनमा रोक्दै उक्त लक्ष्य पाएको हो । मलेशियाले उक्त रन ९ विकेटको क्षतिमा बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए ।

नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट हात पारेका हुन् ।

त्यस्तै ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए । त्यस्तै नेपालका लागि गुल्सन झाले १ विकेट लिए ।

मलेशियाका लागि कप्तान अहमद फैजले ७६ रन बनाए भने भिरन्दीप सिंहले ४६ रन बनाए । त्यस्तै मुहम्मद अमिरले १७ रन बनाउँदा विजय उन्नीले १२ रन बनाए । त्यस्तै सायदे अजिज १३ रनमा आउट हुँदा खिजार हायातले २२ रन बनाए ।

त्यस्तै स्यजरुल इद्रीसले २१ रन बनाए । मुहम्मद सहायत अन्तिम बलमा १५ रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछानेले अन्तिम ओभरमा २ विकेट लिएका थिए।