कोरोनाबाट लामो समयपछि १ जनाको मृत्यु, १०६ संक्रमित थपिए



काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मृतक पुरूष ७८ वर्षका हुन्। कोरोनाबाट ३ महिनापछि एक व्यक्तिको मृत्यु भएको हो ।

योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

यस्तै १०६ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। १३ जना आइसियु र २४ जना आइसोलेशनमा छन्।

यस्तै ४८ जना निको समेत भएका छन्।