मृत अवस्थामा भेटिए प्रहरी जवान बुढा, किन गरे अनिलले आत्महत्या ?



काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २ः४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ ।

छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।

उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको पनि जनाइएको छ ।