ड्युटीमै रहेका बेला खोलामा खसेर बेपत्ता भए बरिष्ठ प्रहरी हवल्दार रेगामी

डोल्पा । हिमाली जिल्ला डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशिराम रेगामी काईगउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

मुड्केचुला गाउँपालिका –१ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

उनी नियमित गस्तीका लागि खटिएका थिए । उनी खोलामा खसेपछि खोजतलास गर्दा जोशीरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ।प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *