यी हुन् कांग्रेसबाट मन्त्री बन्नेहरु…



काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने भएका छन् । उपप्रधानमन्त्रीसहितको मन्त्रालय लिएर खड्का कांग्रेसको नेतृत्व गर्दै सरकारमा जाने भएका हुन् ।

कांग्रेसको आन्तरिक बैठकबाट देउवाको टिमबाट डा. प्रकाश शरण महत, मोहन बहादुर बस्नेत, सीता गुरुङ र एनपी साउद सरकारमा जाने निश्चित भएको छ ।

त्यस्तै शेखर कोइरालाको टिमबाट धनराज गुरुङ, डिकबहादुर लिम्बु जाने निश्चित भएको छ भने जीवन परियार र बद्री पाण्डेमध्ये को जाने भन्नेमा निर्णय भइनसकेको जनाइएको छ । उनीहरू मध्ये १ जनालाइ सरकारमा पठाउने तयारी गरिएको छ ।

त्यस्तै शशांक कोइरालाले आफू सरकारमा जाने माहौल नबनेपछि दिपक खड्का वा दिपक गिरीलाई सरकारमा पठाउने भएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० भित्रै मन्त्रीपरिषद् पुनर्गठन गरिने बताइसकेको अवस्थामा भोली (शुक्रबार) सम्म मन्त्रीमण्डल विस्तार हुने निश्चित नै छ ।

कांग्रेस बढीमा ९ मन्त्रालय पाठने जनाइएको छ ।