मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक कामबाहेक वैदेशिक भ्रमणमा रोक

काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक मन्त्रीसहित सरकारी उच्च अधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको छ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले अत्यावश्यक काम बाहेक मन्त्री र सरकारी अधिकारीको विदेश भ्रमण रोक लगाउने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बुधबार पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै विदेश भ्रमणबारेको यो कुरा सार्वजनिक गरेकी हुन्।

उनले भनिन्, ‘नेपाल सरकारका मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीहरूले अब उप्रान्त अति आवश्यक अवस्था बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको छ।’

मन्त्री र सरकारी उच्च अधिकारीले आफूखुसी विदेश भ्रमण गर्न थालेपछि सरकारले नियमन गर्न यो निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *