आँधी खोलामा डुबेर भट्टराईको मृत्यु



स्याङ्जा – गल्याङ नगरपालिका-११ सिखरडाँडा बस्ने २० वर्षीय  विष्णु भट्टराईको सोही नगरपालिका-११ तुल्सीभन्ज्याङस्थित आँधी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।