नवौं राष्ट्रिय खेलकुदको मिति परिषद्को बोर्ड बैंठकबाट तय हुने



काठमाडौं– युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगमी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन, कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अभिभारा भएको बताए ।

उक्त अवसरमा उनले भने, ‘१३औं साग सम्पन्न पश्चात् १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचलित हुने थिएनौं, नवौं राष्ट्रिय खेलकुद हुन्छ,त्यसका लागि आगामी राखेपको बैढकले उपयुक्त मिति तय गर्नेछ ।’

अन्तरक्रिमा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।

कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले  खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको छ । ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नवनोस् त्यो कुरामा सचेत रहेको बताएका छन् । न