काठको गरालोले हानेर श्रीमतीको हत्या गर्ने खड्का पक्राउ



दैलेख । श्रीमती हत्याको अभियोगमा दैलेखबाट एक पुरूष पक्राउ परेका छन् । गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई आफ्नै श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।