ड्युटीमा खटिएका प्रहरीले गरे अख्तियार कार्यालयमै आत्महत्या !



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् ।

नेपाल प्रहरीका जवान खगेन्द्र नेपाली बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

टंगालस्थित अख्तियारको मुख्यालयमा कार्यरत नेपाली ड्युटी पोष्टमा झुण्डिएको अवस्थामा मृत भेटिएको जनाइएको छ । उनी डोरीको पासो बनाएर झुण्डिएका थिए ।

सुर्खेत घर भएका उनी साँझ ६ बजेबाट सुरक्षा पोष्टमा ड्युटीमा खटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।